म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

म्याग्दी | माघ ९, २०७९

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

म्याग्दी:  म्याग्दीको मंगला गाउँपालिका–२ काफलगौरमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 


प्रहरी निरीक्षक राजन ढकालले मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 


उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। मंगला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ। 


ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो। जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए। 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्